+
+

पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १५:१६

२९ मंसिर, काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल, खाली म्याग्जिन र लागु ‌औषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?