+
+

कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारतीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १२:२६

१४ चैत, धनगढी । कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार बिहान पुनर्बास  नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो ।

त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?