+
+

राष्ट्रिय सभा सदस्यको उम्मेद्‍वारका लागि नाम पठाउन कांग्रेसको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १५:४४

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आउँदो माघमा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सात दिन भित्र उम्मेद्‍वारको नाम पठाउन निर्देशन दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रत्येक प्रदेशबाट ३ जनाको नाम सिफारिस गर्न देश समितिलाई निर्देशन दिने निर्णय बैठकमा भएको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

प्रदेश समितिबाट आएका नाममाथि केन्द्रीय समितिमा छलफल गरेर निर्णय लिइने कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?