+
+

न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाको धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १६:२९

२८ मंसिर, काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित र्‍याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । उनले धन्यवाद दिंदै जमिनमा ढोगे ।

१० जेठ २०७७ मा प्रेमिकालाई लिन साथी सहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराज सहित ६ जनाको हत्या भएको थियो ।

जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?