+
+

पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:१८

२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?