+
+

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १९:१७

६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी कार्यकारी निर्देशक हुँदा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली शुरु गरेको थियो ।

उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् ।

अध्ययनका हिसाबले भट्ट इञ्जिनियर हुन् । उनले जापानको इहिमे विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् भने थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलेजीबाट स्नातकोत्तर गरेका हुन् ।

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो । सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित  डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?