+
+

आयल निगमको निमित्त कार्यकारीमा साह, थानीको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १८:०८
नागेन्द्र साह ।

१ पुस, काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ ।

निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ ।

निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले निगमका कार्यकारीबाट उमेश थानीले दिएको राजीनामा स्वीकृत भएको बताए ।

ठाकुरकाअनुसार मन्त्रालयले आजै निगमका निमित्त कार्यकारीको जिम्मेवारी पनि नागेन्द्र साहलाई तोकेको छ ।

मन्त्रालयकाअनुसार वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमको आर्थिक तथा मानव स्रोत साधन विभाग प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?