+
+

आयल निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुन पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १४:५६

२६ माघ, काठमाडौं । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ ।

मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ई. कमलेन्द्रलाल कर्ण, डा. उत्तरकुमार रेग्मी, ई. डा डोलप्रसाद चापागाईं, ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् ।

यसैगरी पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी समेत प्रतिस्पर्धामा छन् ।

मन्त्रालयले दरखास्त दिएकाको सूची ३ माघमा स्वीकृत गरी प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?