+
+

कोशीमा थप ६ जना पहिचान पक्षधर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १३:५९

३० मंसिर, विराटनगर । पहिचान पक्षधरले गरेको बन्दको आह्वानले कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका जिल्लामा भने आंशिक प्रभाव परेको छ ।

यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द आह्वान गरेका थिए । यसक्रममा झापा र सुनसरीमा यातायात बन्द गराउँदै हिंडेका थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरानबाट पाँच जना र झापाको केरखाबाट एक जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

उनले बन्दको प्रभाव सामान्य रहेको बताए । पूर्वपश्चिम राजमार्गको ठाउँठाउँमा बन्द गराउँदै सडकमा निस्किएको समूहलाई प्रहरीले हटाएर यातायात सुरु गरेको जानकारी दिए ।

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्री शंकल्प २६ मंसिरमा प्रवेश गरेको थियो । सो यात्रा विथोल्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित ३१ जनालाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ ।

पक्राउ परेका नेता कार्यकर्तालाई छाड्न माग गर्दै  प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेश बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव आंशिक मात्रै रहेको प्रहरी उपरीक्षक कंडेलले बताए ।

पूर्व पश्चीम राजमार्गमा यातायात सञ्चालनमा छन् । तर सार्वजनिक सवारी साधन सामान्य अवस्थामा भन्दा थोरै मात्रै कुदेका छन् । मेची राजमार्ग र कोशी राजमार्गको पहाडी जिल्लामा भने यातायातका साधन सामान्य मात्रै चलेका छन् ।

२६ मंसिरमा कोशी प्रदेश प्रवेश गरेको नेकपा एमालेको संकल्प यात्राको टोलीलाई रोक्न खोज्ने ४१ जना पहिचान पक्षधर कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये ९ जनालाई छाडेको प्रहरीले ३२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी राखेको छ ।

पक्राउ परेका नेता कार्यकर्तालाई छाड्नु पर्ने आन्दोलनकारीको माग छ । १७ दिनअघि सुरु भएको नेकपा एमालेको संकल्प यात्राको टोली आज तेह्रथुमबाट पाँचथर पुग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?