+
+

राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १६:२४

१ पुस, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिकेट खेलाडीलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ ।

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौसम(श्याम) ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बीबीए अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको बताए ।

निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताएका छन् ।

फिनिक्स कलेजले यसअघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, सूर्य तामाङ र भीम सार्कीलाई ४ वर्षे बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?