+
+

‘डंकी’को रनटाइम २ घण्टा ४१ मिनेट, केही दृश्य र संवादमा सेन्सरको कैंची

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १७:१९

काठमाडौं । फिल्मको रनटाइम लामो हुँदा नेपालका हललाई हैरानी भएको छ । रणवीर कपुर स्टारर ‘एनिमल’को रनटाइम झण्डै साढे तीन घण्टा थियो । यो भनेको हलले चार घण्टा समय विभाजन गर्नुपर्छ भन्ने हो । यसो गर्दा एउटा अडिटोरियममा फिल्मलाई दैनिक तीन शो मात्र देखाउन सकिने भयो ।

बिहीबार प्रदर्शनको तयारीमा रहेको शाहरुख खान स्टारर ‘डंकी’को रनटाइम २ घण्टा ४१ मिनेट तय भएको छ । यो भनेको सवा तीन घण्टा उक्त हललाई समय दिनुपर्छ भन्ने हो । ‘अवतार २’ रिलिजको समयमा पनि हल सञ्चालकले यस्तै समस्या भोगेका थिए । आगामी साता ‘डंकी’सँगै ‘सलार’ पनि रिलिज हुने भएपछि शो विभाजन झनै पेचिलो हुने पक्का छ ।

डंकी र सलारलाई केही दिनमा नेपालीमा सेन्सर गर्ने तयारी छ । शनिबार मात्र यो फिल्मको भारतीय सेन्सर बोर्डले जाँच गरेको छ । भारतीय सेन्सर बोर्डले डंकीका केही सीमित दृश्य र संवादमा कैंची चलाएको जनाएको छ । यो सेन्सरले फिल्मको कथावस्तुमा कुनै असर नपर्ने बलिउड हंगामाले उल्लेख गरेको छ ।

फिल्मको सुरुमा एउटा शब्दलाई परिमार्जन गरी ‘आप्रवासी’ बनाइएको थियो । इन्टरभलअघि हार्डी (शाहरुख खान) आफ्नो विवाहको समयमा बर्दीमा घोडामा बसेको दृश्यलाई पनि परिवर्तन गरिएको छ । अर्को एक महत्वपूर्ण दृश्यमा वैधानिक चेतावनी उल्लेख गर्दै ‘आत्महत्या कुनै पनि समस्याको समाधान होइन’ भनिएको छ । अन्त्यमा निर्माताले फिल्ममा प्रयोग गरिएका तथ्यांकबारे प्रमाणहरु पनि पेश गरेका थिए ।

यी परिमार्जनपछि डंकीलाई भारतीय सेन्सर बोर्डले यु–ए सर्टिफिकेट प्रदान गरेको छ । सेन्सर प्रमाणपत्रमा उल्लेखित रनटाइम १६१.२४ मिनेट तय छ । अर्थात् डंकीको रनटाइम २ घण्टा ४१ मिनेट २४ सेकेण्ड छ ।

ब्लकबस्टर फिल्म निर्माता राजकुमार हिरानीद्वारा निर्देशित ‘डंकी’मा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो फिल्म बिहीबार डिसेम्बर २१ मा विश्वभर रिलिज हुँदैछ । यो प्रभास स्टारर फिल्म ‘सलार’सँग भिड्नेछ, जुन शुक्रबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?