+
+

‘सलार’ले विश्वभरबाट ५०० करोड कमाउँदा ‘डंकी’ले ३१० करोड

व्यापार विश्लेषक भन्छन्- दुवै फिल्मले एकअर्कालाई क्षति पुर्‍याए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १७:५४

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ले रिलिजको छैटौं दिन बुधबार विश्वभर ५०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा २९७ करोड भारुको व्यापार गरेको छ । विकडेजमा फिल्मको कमाइमा गिरावट आएको देखिन्छ ।

शाहरुख खानको फिल्म ‘डंकी’ले भारतीय बक्स अफिसमा अहिलेसम्म १५१ करोड भारु कलेक्सन गरेको छ । राजकुमार हिरानी निर्देशित फिल्मले विश्वभर करिब ३१० करोड भारुको व्यापार गरेको छ । ‘डंकी’, ‘सलार’भन्दा एकदिन रिलिज भएको थियो ।

दक्षिण भारतीय फिल्मका व्यापार विश्लेषक रमेश बालाले भने, ‘सलारले तेलुगू र हिन्दीमा राम्रो प्रदर्शन गरिरहेको छ । दर्शकले यो एक्सन फिल्मलाई रुचाइरहेका छन् । मेरो दृष्टिकोणमा हिन्दी बेल्टमा पनि डंकीभन्दा सलार अघि छ । म यो स्क्रिन काउन्टको आधारमा भन्दैछु । तपाईंलाई थाहा हुनुपर्छ कि सलारले डंकीको तुलनामा कम पर्दा पाएको छ ।’

व्यापार विश्लेषक सुमित कँडेल पनि रमेश बालासँग सहमत छन् । उनले भने, ‘सलार र डंकी दुवै फिल्मले एकअर्कालाई हानि पुर्‍याएका छन् । डंकीले बढी घाटा व्यहोर्नुपरेको छ भन्न सकिन्छ । ठूला सहरमा ‘डंकी’को कलेक्सन ठीकै छ तर साना सहरमा भने सलारभन्दा पछाडि छ ।’

राजकुमार हिरानी र शाहरुख खानको स्टारडमको आधारमा ‘डंकी’को कमाइ अपेक्षाभन्दा न्यून हो । ‘डंकी’को बजेट ८५ करोड भारु भएकाले त्यसअनुसार फिल्मले हिटको टाइटल पक्कै पाउनेछ ।

यसबारे सुमितले भने, ‘यी सबैको बीचमा एउटा कुरा के बिर्सनु हुँदैन भने डंकी गैरएक्सन फिल्म हो । यसको बाबजुद पनि १५० करोड रुपैयाँ कलेक्सन भएको छ । कोरोना महामारीपछि एक्सन फिल्म मात्र हाबी भएका छन् ।’

‘रकी और रानीकी प्रेम कहानी’ र ‘तू झुठी मैं मक्कर’जस्ता गैरएक्सन फिल्मले पनि भारतीय बक्स अफिसमा १५० करोड कमाउन सके । यस हिसाबले हेर्दा ‘डंकी’ महामारीपछि २०० करोडको आँकडा पार गर्ने पहिलो गैरएक्सन फिल्म हुनेछ ।

सुमितका अनुसार ‘सलार’ले हिटको मान्यता पाउन ४०० करोड नेट कमाउनुपर्छ । यसको मतलब यो फिल्मले भारतमा मात्रै यति कमाउनुपर्छ । निश्चय नै यसको बजेट डंकीको भन्दा धेरै हो । अहिले दक्षिण क्षेत्रमा पनि सलारको कलेक्सन घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?