+
+

विवाहपञ्चमीका यात्रुको चापले जनकपुरदेखि भंगहासम्मको रेल सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १०:२६

२ पुस, जकपुरधाम । ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ ।

सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ ।

कम्पनीका प्रबन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएका हुन् ।

सूचनामा अगाडि लेखिएको छ, ‘..मिति २०८०/०९/०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९/०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत् नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’

भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेल सेवा नियमित सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?