+
+

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते ८:३६

२८ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ ।

आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।  अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।

रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको दोस्रो दिन बुधबार साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपमा फूलबारी लिला मनाइएको थियो । जहाँ पहिलोपटक राम र सीताको पहिलो भेट भएको र त्यही सिताले आफूलाई राम बर नै पाउने कामना गरेको धार्मिक विश्वास छ ।

त्यस्तै पहिलो दिन मंगलबार सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिएको थियो । आज धनुषा यज्ञ सकिएपछि चौथो दिन शुक्रबार तिल्कोत्सव रहेको छ ।

पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, छैटो दिन आइतबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?