+
+
Shares

२२ मंसिरयताको डेटा रिकभर भएन, एनओसी लिन पुनः आवेदन दिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १३:१३

२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्वर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।

शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिरभन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरुको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरुलाई एनओसी दिन थालिएको छ ।

तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको उनले बताए ।

पौडेलले भने, ‘मंसिर २२ यता आवेदन दिएकाहरुलाई पुनः आवेदन दिनुस् भनेका छौं । उहाँहरुको ओरिजिनल डकुमेन्ट भौतिक रुपमा रुजु गरेर एनओसी दिन्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?