+
+

एन्फा यू-१६ युथ लिगको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १३:४७

२ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा पुस ९ देखि फेरि सुरु गर्न लागेको यू-१६ युथ लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार २६औं देखि ४४औं खेलसम्मको तालिका सार्वजनिक गरेको हो ।

जसमा पुस ९ मा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ । त्यही दिन त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीच पनि खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

१० क्लब सहभागी युथ लिगको खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोको मैदान र च्यासल स्टेडियममा हुने एन्फाले जनाएको छ ।

एन्फाले युवा समूहदेखि नै पुटबलको विकास गर्ने उदेश्यसहित २९ असारदेखि पहिलो पटक एन्फा यू-१६ युथ लिग सुरु गरेको थियो ।

तर सुरु भएको एक महिनापछि नै लिग स्थगित भएको थियो । त्यसको पाँच महिनापछि युथ लिग फेरि सुरु हुन लागेको हो ।

लिग रोकिनु अघि नेपाल पुलिस क्लब ११ अंकसहित शीर्ष स्थानमा छ । अपराजित पुलिसले ५ खेलमा ३ जित र २ बराबरीको नतिजा निकालेको थियो ।

लिगमा नेपाल पुलिस, एपिएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङदी  र एनआरटीको सहभागिता छ ।

ए डिभिजनका १२ मध्ये ८ टिम र बी डिभिजनमा घटुवा भएका दुई टिम एपीएफ र खुमलटारले युथ लिग खेल्दैछन् ।

ए डिभिजनका जावालखेल युथ क्लब, थ्री स्टार क्लब, सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले भने सहभागिता जनाएको छैन ।

खेल तालिका हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?