+
+

ठगी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले अदालतमा बुझायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १४:४५

२ पुस, काठमाडौं । प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब दिने रोजगारीको प्रलोभन देखाई २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गरेर फरार रहेका थिए ।

उनलाई खोज्‍न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा  उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो ।

रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले समन्वय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?