+

माइग्रेनको उपचारमा रामबाण सावित हुनेछ यो औषधि ?

२०८० पुष  २ गते १८:२३ २०८० पुष २ गते १८:२३
माइग्रेनको उपचारमा रामबाण सावित हुनेछ यो औषधि ?

तीब्र टाउको दुखाई वा माइग्रेनबाट विश्वभर लगभग एक अर्ब व्यक्ति ग्रसित छन् । यो यस्तो बिरामी हो, जसको कारण टाउको दुखाई सहनै नसक्ने हुन्छ र दैनिक कामकाज गर्नै नसक्ने हुन्छ । यसरी माइग्रेनको कारण पीडा झेलिरहेकाहरुका लागि सुखद् खबर छ, माइग्रेन निको बनाउने प्रभावकारी औषधि बनेको छ ।

बिबिसीमा प्रकासित समाचारअनुसार माइग्रेनबाट छुटकारा दिलाउने यस्तो औषधि बनेको छ, जो एकदमै प्रभावकारी सावित भइरहेको छ ।

यो औषधिको नाम हो, रिमेजीपेन्ट

अनुसन्धानकर्ताका अनुसार माइग्रेनको यो औषधिले सीजीआरपी नामक रसायनको प्रभावलाई रोक्छ । यो त्यही रसायन हो, जसले गर्दा टाउको तिब्र दुख्छ । यो औषधि चाँडै शरीरमा घुल्छ र टाउको दुख्नुअघि नै त्यसको असरलाई रोक्छ ।

लामो अनुसन्धानपछि तयार भएको यो औषधिलाई अब सर्वसाधरणको प्रयोगका लागि अनुमति दिइएको छ । उक्त औषधिलाई अन्तर्राष्ट्रिय प्रयोगका लागि अनुमति दिइएको छ र अमेरिकासहित ८० वटा देशमा प्रयोग भइरहेको छ ।

बेलायतमा पनि यो औषधि प्रयोग गर्नका लागि मन्जुरी दिइएको छ । तर, चिकित्सकले कुनै खास स्थितीमा मात्र औषधि सेवन गर्न सुझाव दिएका छन् ।

समाचारमा भनिएको छ, ‘त्यसो त यो औषधि माइग्रेन रोगीलाई दिइने हो । यद्यपि बिरामीलाई औषधि तब मिल्छ जब उसलाई महिनामा चार वा त्योभन्दा बढी पटक माइग्रेनको दुखाई हुन्छ ।’

चिकित्सकहरुले ‘रिमेजीपेन्ट’लाई एक ठूलो उपलब्धी मानेको छ । तर, यो चमत्कारी औषधि होइन । कति बिरामीलाई यसले राम्रो फाइदा गर्छ । सबैका लागि भने फाइदाजनक नहुन सक्छ । खास कुरा चाहिँ के भने, यो औषधिको साइड इफेक्ट एकदमै कम छ ।

प्रयोगको क्रममा यो औषधि सेवन गर्नेमध्ये एकाधलाई मात्र वान्ताको समस्या भएको थियो । अधिकांशलाई माइग्रेनको समस्याबाट मुक्ति मिलेको थियो ।

दशकौंसम्म अन्य बिरामीका लागि बनेको औषधि नै माइग्रेनको लागि प्रयोग गरिदै आएको थियो । अब भने माइग्रेनकै लागि यो औषधि बनेको छ, जुन आफैमा ठूलो उपलब्धी हो । तर, यो औषधि न त सबैतिर उपलब्ध छ न सबै रोगीलाई यसले फाइदा गर्छ । माइग्रेनको उपचारमा विकल्प भने आवश्यै मिलेको छ ।

माइग्रेनबाट पूर्ण रुपमा छुटकारा पाउनका लागि औषधि बनाउन अझैपनि लामो समय लाग्नसक्छ । यद्यपि यस कार्यमा अनुसन्धान भइरहेको छ ।

माइग्रेन के हो ?

माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो । माइग्रेन हुँदा टाउकोको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण माइग्रेनलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । माइग्रेनलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ । एउटा एपिसोड माइग्रेन र अर्को क्रोनिक माइग्रेन ।

एक महिनामा १४ पटकभन्दा कम हुने माइग्रेनको दुखाइलाई एपिसोडिक माइग्रेन भनिन्छ । त्यस्तै लगातार रुपमै माइग्रेनको टाउको दुखाइ हुन्छ वा १४ पटक भन्दा बढी समस्या देखिइरहन्छ भने त्यसलाई क्रोनिक माइग्रेन भनिन्छ ।

महिलालाई बढी सताउ

यो प्राय: १५ देखि ५० वर्षसम्म उमेरका महिलामा देखिन्छ । यसो भन्दैमा पुरुषमा हुँदैन भन्ने होइन तर तुलनात्मक रुपमा महिलामा बढी देखिन्छ । तथ्यांकले पनि ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला माइग्रेनबाट प्रभावित भएको पाइन्छ ।

महिलालाई मात्र किन भयो भन्ने कुराको निचोड पनि विज्ञानले निकालिसकेको छैन । यद्यपि महिनावारी सुरु हुँदा हार्मोन असन्तुलनले यस्ता प्रभाव देखिन सक्ने अनुमान अध्ययनले जनाएको छ ।

रिमेजीपेन्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय