+
+

शिवम् सिमेन्टले घोषणा गर्‍यो बोनस सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ११:४४

३ पुस, काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।

कम्पनीले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट कम्पनीका सेयरधनीलाई लाभांश दिन लागिएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले पुस २७ गते साधारणसभा बोलाउने निर्णय गरेको छ । यसका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?