+
+

शिवम् सिमेन्टको जानकारीमूलक भिडियो सामग्री ‘शिवम् सन्देश’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १४:१४

काठमाडौं । शिवम् सिमेन्ट उद्योगले जानकारीमूलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको छ । भिडियो सन्देशमा गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि शिवम् सिमेन्ट प्रयोग गरौं भन्ने जनचेतनामूलक सामग्रीहरु समावेश गरिएको कम्पनीले जनाएको छ । शिवमले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ ।

इटहरीबाट सुरु गरेको उक्त प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, वीरगञ्ज लगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो । जहाँ शिवम् सन्देशका बारेमा बुझ्न चाहनेहरुको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो ।

देशका विभिन्न शहरहरुमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरु अपनाउँदै आइरहेको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ ।

भिडियोमा घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको कम्पनीले बताएको छ ।

भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू समेटिएको कम्पनीले बताएको छ ।

साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?