+
+

एनसेल बिक्रीमा स्वामित्व हस्तान्तरण नगर्ने नियत देखियो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १४:१२

३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद बिक्रीमा जालझेल भएको देखिएको बताए । उनले अगाडि भने, कर छल्ने पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ ।’

पारदर्शी र स्वभाविक नभएकै करण आफूले विदेशबाट आउँदा आउँदै छानबिन गर्न निर्देशन दिएको उनले बताए । सरकारले एनसेलको बिक्री छानबिन गर्न पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?