+
+

एनसेल र महिला उद्यमी महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १४:१४

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ ।

महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि महासंघसँग सहकार्य गर्न सम्झौता गरिएको एनसेलले जनाएको छ ।

१६ चैतमा ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने विश्वास कम्पनीको छ ।

महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा यो सहकार्यले सहयोग पुग्ने विश्वास दुवै पक्षको रहेको छ ।

एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?