+
+

भारतमा नेपाली तेक्वान्दो खेलाडीलाई ४ स्वर्णसहित ११ पदक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १९:३५

४ पुस, काठमाडौं । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् ।

टोलीका व्यवस्थापकसमेत रहेका स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले ४ स्वर्णका अलावा थप ३ रजत र ४ कांस्य पनि जितेको जनाएका छन् ।

पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जिते । आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारे ।

पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि असिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरे । टोलीको प्रशिक्षकमा रन्जितबहादुर डगौरा रहेका छन् । सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन् । उनीहरु स्वदेश फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?