+
+

कांग्रेसको मधेश प्रदेश सम्मेलन आज, शेखर पक्ष असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १०:१७

५ पुस, जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ । जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्षनेताहरु जनकपुर आउन लागेका छन् ।

बिहीबार उद्घाटन र भोलि शुक्रबार बिहानदेखि बन्द सत्र हुने प्रदेशसभापति कृष्णप्रसाद यादवले जानकारी दिए । उदघाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् ।

बन्द सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ ।

सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालालाई विशिष्ट अतिथिको रुपमा सहभागी नगराउने भएपछि शेखरपक्ष असन्तुष्ट बनेको छ ।

पूर्वसन्ध्यामा बुधबार भएको कांग्रेसको प्रदेश समितिको पूर्ण बैठकले प्रमुख अतिथिमा देउवा र विशिष्ट अतिथिमा केन्द्रीय उपसभापति, महामन्त्री लगायत केन्द्रीय सदस्यहरुलाई आसन ग्रहण गराउने निर्णय गरेको थियो । यसको बैठकमै शेखर पक्ष नेता कार्यकर्ताले असन्तुष्टि पोखेका थिए ।

शेखर पक्षका नेता कार्यकर्ताले महाधिवेशनमा निकटतमप्रतिद्वन्द्वी हुने नेतालाई वरिष्ठ नेता मानिने परम्पराको अवमूल्यन प्रदेशसमितले गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?