+
+

फ्रान्स र नेदरल्याण्ड्सको फिल्म फेस्टिभलमा छानियो ‘साक्षी रुख’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १२:५७

काठमाडौं । पछिल्लो समय नेपाली छोटो फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट हुने क्रम बढेको छ । यही सिलसिलामा नीरञ्जन भेटवाल निर्देशित ‘साक्षी रुख : द विट्नेस ट्री’ नेदरल्याण्ड्सको रोटेर्डम र फ्रान्सको क्लेर्मोन्ट फेर्रान्ड अन्तर्राष्ट्रिय महोत्सवमा छानिएको छ ।

फिल्मलाई नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछानेले निर्माण गरेका हुन् । निर्मातामध्येका एक नवनिधि दाहालले लकडाउनको समयमा फिल्मको अवधारणा जन्मिएको बताए ।

उनले भने, ‘कोभिडको कठिन समयमा यूएईको शारजहाँ आर्ट फन्डका लागि फिल्म पठाउने सोचले साक्षी रुख जन्मिएको हो । ३५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग पाइने सम्भावनाले हामीले त्यसमा फिल्मको कथा पठायौं ।’

यो फिल्म यसअघि जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सर्ट फर्म स्टेसनमा छानिएको थियो । नेदरल्याण्ड र फ्रान्सका फेस्टिभलमा समेत छनोट भएपछि आफूहरुको उत्साह थपिएको दाहाल बताउँछन् ।

क्लेर्मोन्ट फेर्रान्डमा कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको पहिलोपटक रहेको दाहालले बताए । ‘छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ,’ उनले भने ।

१५ मिनेटको फिल्म महोत्सव लक्षित भएकाले तीन वर्षसम्म अन्य फिल्म फेस्टिभलमा समेत पठाउने लक्ष्य राखिएको र त्यसपछि युट्युबमा सार्वजनिक गरिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?