+
+

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १६:२६

काठमाडौं । बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन-२०२४’ आयोजना हुने भएको छ । दोस्रो संस्करणको यो कार्यक्रम जेठ २७ देखि असार १ गतेसम्म हुने जनाइएको छ ।

डायस्पोरामा नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले थर्ड आई लिमिटेडले कार्यक्रम गर्न लागेको हो । महोत्सवमा १० नेपाली फिल्म प्रदर्शन हुने निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोजक संस्थाका अध्यक्ष विकास देवकोटाले कार्यक्रमले बेलायतमा नेपाली फिल्मको बजार विस्तारमा टेवा पुग्ने बताए । ‘हामी नेपाली परिवेश र मुलुकलाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्‍याउनेछ । नेपाली कला, संकृतिलाई पनि प्रवर्द्धन गर्नेछ,’ उनले भने ।

महोत्सवले फिल्मको निर्माण शैली र ट्रेन्डबारे प्रवासी नेपाललाई जानकारी गराउने तथा नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजार समेत बिस्तार हुने बताइएको छ ।

आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट १० फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आईको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?