+
+

शुरा खानसँग दोस्रो विवाह गर्दै अरबाज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:४५

काठमाडौं । बलिउड अभिनेता अरवाज खानले आगामी आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्ने भएका छन् । इण्डिया टुडेका अनुसार विवाहमा नजिकका परिवार र आफन्त उपस्थित हुनेछन् ।

यी दुईको पहिलो भेट ‘पटना शुक्ला’को छायांकन सेटमा भएको थियो । मलाइका अरोरासँग दाम्पत्य जीवन टुंगिएपछि यो उनको दोस्रो विवाह हुनेछ । मलाइका र अरबाजले मार्च २०१६ मा अलग भएको घोषणा गरेका थिए । सन् १९९८ मा विवाह गरेको १९ वर्षपछि ११ मे २०१७ मा आधिकारिक रूपमा सम्बन्धविच्छेद गरे ।

जर्जिया एन्ड्रियानीसँग अरबाजको ब्रेकअपको समाचार गत साता सार्वजनिक भएको थियो । यसअघि जर्जियाले पिंकभिलासँग कुरा गर्दै अरबाजसँगको ब्रेकअपको पुष्टि गरेकी थिइन् ।

‘हामी साथी थियौं, मिल्ने साथी जस्तै थियौं । उहाँप्रति मेरो भावना सधैं रहनेछ, सधैं गरिरहनेछु,’ उनले भनेकी थिइन्, ‘मलाईका (अरोरा)सँग उनको जुन सम्बन्ध थियो, त्यसले मेरो सम्बन्धमा बाधा परेको थिएन । म अहिले कसैको प्रेमिका भनेर चिनिन्छु, मलाई पक्कै पनि यो धेरै अपमानजनक लाग्छ । हामी दुवैलाई थाहा थियो कि यो सधैंभरि टिक्ने थिएन । यो धेरै फरक थियो ।’

शुरा बलिउड मेकअप आर्टिस्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?