+
+

अरबाज खानले गरे ५६ वर्षको उमेरमा दोस्रो विवाह (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १४:४३

काठमाडौं । बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो ।

अबेर राति अरबाजले सामाजिक सञ्जालमा श्रीमती शुरासँगको तस्वीर सेयर गरेका छन् । यो पोस्टमा अरबाज लेख्छन्- हाम्रा प्रियजनको उपस्थितिमा हामीले अनन्त प्रेम र एकताको सुरुवात गर्दैछौं । हामीलाई हाम्रो यो विशेष दिनमा तपाईंहरुको आशीर्वाद र शुभकामना चाहिन्छ ।’

अभिनेत्री रविना टण्डनले पनि भिडियो सेयर गरिन् । जसमा उनी अरबाज खानसँग डान्स गरिरहेको देखिन्छिन् । सेयर गर्दै रविना लेख्छिन्- ‘बधाई, बधाई, बधाई… मेरो प्यारो शुरा खान र अरबाज खान । दुवैको लागि धेरै खुसी छु ।’

यो विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित थिए । अरबाजबाहेक आमाबुवा सलिम र सलमा खान, हेलेन, भाइ सलमान र सोहेल खान, बहिनी अलविरा खान अग्निहोत्री र युलिया वन्तुर, अभिनेत्री रिद्धिमा पण्डित पनि अर्पिताको घर पुगेका थिए । समारोहमा गायिका हर्षदीप कौरले पर्फम गरेको बताइएको छ ।

शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको थियो । दुवै एकअर्काको बारेमा धेरै गम्भीर थिए र चाँडै विवाह गर्न चाहन्थे ।

अरबाज पछिल्लो समयसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही दिनअघि नै उनीहरुको ब्रेकअप भयो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन् ।

अरबाजले यसअघि सन् १९९८ मा मोडल-अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् । हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?