+
+

मधेशमा बजेटबिनाको संस्कृति मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १२:५७

२० वैशाख, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।

बजेट नहुँदा संस्कृतितर्फको कुनै काम अघि बढ्न सकेको छैन । ‘संस्कृतितर्फ बजेट नै छैन । त्यसैले त्यस तर्फको कुनै काम हुन सकेको छैन’, कार्यकारी सचिव महतोले भने, ‘शिक्षा मन्त्रालय तर्फ मात्र काम भइरहेको छ ।

उनले अब आगामी आर्थिक वर्षमा संस्कृति मन्त्रालय तर्फ बजेट विनियोजन हुने बताए । गत असोज तेस्रो साता मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए ।

जनमतका महेश प्रसाद यादवले सम्हालेको तत्कालीन शिक्षा तथा समाजकल्याण मन्त्रालय फुटाएर तत्कालीन बिनाविभागीय मन्त्री जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

शिक्षा तथा संस्कृति मन्त्रीको भने यादवलाई सम्हाले । अहिले उक्त मन्त्रालयको जिम्मेवारी एमालेका प्रमोद जयसवालले सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?