+

गण्डकीलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट

२०८१ वैशाख  २० गते १२:११ २०८१ वैशाख २० गते १२:११
गण्डकीलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट

२० वैशाख, सुर्खेत । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २-० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ ।

बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली  तेस्रो हुँदै लिगमा छनोट भएको हो ।

कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ खेलबाट कर्णालीले १२ अंक जोड्दा मधेशले १० अंकमात्रै जोड्यो ।

गण्डकीविरुद्ध कर्णालीलाई जित दिलाउन कर्णालीकी वर्षा वलीले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाइन् ।

खेलको ३०औं मिनेटमा  सबिनाले  गोल गर्ने राम्रो मौका गुमाइन् । उक्त अवसर गुमाएको २ मिनेटभित्र नै कर्णालीका लागि वर्षाले दायाँतर्फबाट गरेको असिस्टमा सन्जिता बोम्जोनले दोस्रो गोल गरिन् ।

पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्दा कर्णाली पहिलो पटक महिला लिगमा छनोट भएको हो ।

यसअघि नै कोशी र सुदूरपश्चिम प्रदेश क्रमश: पहिलो र दोस्रो हुँदै महिला लिगका लागि छनोट भइसकेका छन् ।

कोशी ६ खेलमा ५ जित र एक हारसहित अपराजित रहँदै १६ अंक र सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित र एकमा हारसहित १२ अंकका साथ छनोट भएको हो ।

सूदुरपश्चिम र लुम्बिनी प्रदेशबीच आज बिहीबार हुने दोस्रो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।

कर्णाली प्रदेश महिला लिग छनोट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय