+
+

कांग्रेस बागमती प्रदेश सम्मेलन आज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ७ गते ८:१९

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ ।

प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुनेछ ।

यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ ।

यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ ।

यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?