+

१००औं खेल खेलेका किरणलाई खेलकुदमन्त्रीले दिए बधाई

२०८१ असार  ४ गते २०:२८ २०८१ असार ४ गते २०:२८

४ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले १००औं खेल खेलेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)लाई बधाई दिएका छन् ।

मंगलबार खेलकुदमन्त्री श्रेष्ठले आफ्नै कार्यकक्षमा कप्तान किरणसँग भेट गर्दै बधाई दिएका हुन् ।

भेटमा कप्तान किरणले दशरथ रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण बनाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरे। साथै उनले खेल करियर पश्चात पनि खेलाडीलाई नेपालमा नै बस्ने वातावरण बनाउन पहल गर्नु पर्नेमा जोड दिए।

जवाफमा खेलकुद मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए ।

साउदी अरबको दमाममा विश्वकप २०२६ छनोट अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर खेल्दा उनी १००औ खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

किरण कुमार लिम्बु (चेम्जोङ विराज भक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय