+
+

कोशी र गण्डकीका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ७:३१

८ पुस, काठमाडौं । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा हुने पूर्वानुमान छ ।

काठमाडौंको हकमा पनि मौसम सफा रहने छ । अहिले बिहान हल्का कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले ५ किलोमिटर भिजिबिलिटी भएकाले हवाई उडान तथा अवतरणमा समस्या पनि छैन ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्ने सम्भावना छैन

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । तत्कालै पानी पर्ने, हिमपात हुने वा अन्य कुनै नयाँ मौसमी प्रणाली भित्रिने सम्भावना पनि नरहेको मौसमविद पुडासैनीले जानकारी दिए ।

अर्का मौसमविद विनोद पोखरेलले पनि अहिलेको यो मौसमले काठमाडौं लगायत धेरै भेगमा पानी पार्ने सम्भावना एकदमै कम रहेको बताए । पश्चिमी बायुले हावालाई अलि सफा बनाउन मद्दत गर्ने हुँदा वायु प्रदूषण केही कम हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?