+
+

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार करिब १ वर्षकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १५:२२

८ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।

कारोबार रकम भने करिब १ वर्षकै उच्च भएको छ । दिनभर कुल ७ अर्ब ११ करोडको कारोबार भयो । यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढे ।

लगानी र व्यापार समूह सबैभन्दा धेरै घटे । लगानी ३.८ र व्यापार समूह ३.११ प्रतिशत घटे । उत्पादन समूह २.७, बैंकिङ १.५, विकास बैंक १.३, फाइनान्स १.६, होटल तथा पर्यटन १.४ र माइक्रोफाइनान्स सूचक १.३ प्रतिशत घटे ।

बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ, अपरसोलु हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको ९.८, आँखुखोला जलविद्युतको ९.१ र हिमालयन डिस्टिलरीको मूल्य ६.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?