+
+

ललितपुरमा थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १५० जनाको स्वास्थ्य परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १८:२८

काठमाडौंं । थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

थाइराइड फाउन्डेसनले सोमबार अदिती फार्मेसीको सहकार्यमा इमाडोल, ललितपुरस्थित कृष्णन्दिरमा एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो ।

शिविरमा थाइराइड रोग सम्बन्धी विशेषज्ञले परामर्श दिनुको साथै सहभागीहरुको निःशुल्क थाइराइड परीक्षण तथा औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा थाइराइड फेडेरेसन इन्टरनेसनल (टीएफआई) का अन्तर्राष्ट्रिय अध्यक्ष डा. अशोक भासिनले स्थानीयबासिन्दासँग थाइराइड रोगसम्बन्धी अन्तरक्रिया गरेका थिए ।

उक्त शिविरबाट

उक्त शिविरबाट दुई सय बढी लाभान्वित भएका छन् । जसमध्ये १ सय ५० जनाको थाइराइड परीक्षण भएको थियो ।

डा. भासिनकै नेतृत्वमा चार जना विशेषज्ञ सहितको टोलीले शिवरमा सेवा दिएको थाइराइड फाउन्डेसन अफ नेपालका उपाध्यक्ष महेन्द्रराज भुसालले जानकारी दिए ।

उनका अनुसार थाइराइड फेडेरेसन इन्टरनेसनलले विश्वव्यापी रुपमा थाइराइड रोग पुनर्रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको छ ।

सो संस्थासँग आवद्ध रहेको थाइराइड फाउन्डेसन अफ नेपालले पनि थाइराइड रोगको रोकथामको लागि काम गर्दै आएको छ ।

थाइराइड फाउन्डेसन अफ नेपालले वर्षमा एकपटक विभिन्न स्थानमा थाइराइड रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

कार्यक्रममा डा. भासिनको अलावा थाइराइड फाउन्डेसन अफ नेपालका अध्यक्ष सुरेन्द्र बीसी, उपाध्यक्ष महेन्द्रराज भुसाल, महासचिव गान्धीप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?