+

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

२०८१ वैशाख  १२ गते ११:१४ २०८१ वैशाख १२ गते ११:१४
थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइड घाँटीमा हुने ग्रन्थी हो । यो रुद्रघण्टीको ठ्याक्कै तल हुन्छ, जसले थाइराइड हार्मोन उत्पादन गर्छ । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।

थाइराइडको लक्षण यसको प्रकारमा निर्भर हुन्छ ।

थकान

थाइराइड एउटा यस्तो अवस्था हो, जसको कारणले बिना कारण धेरै थकान महसुस हुन्छ । यदि थकित र कमजोर महसुस हुन्छ भने यस्तो अवस्थामा एक पटक रगत परीक्षण गराउनुपर्छ । परीक्षण गर्दा समस्या छ भने समयमा नै उपचार गरियो भने अवस्थामा सुधार हुन्छ ।

छाला सुक्खा हुनु

थाइराइडका बिरामीको छाला निकै सुक्खा हुन्छ । मुख्यतया अनुहारको छाला सुक्खा हुने फुस्रो देखिने हुन्छ । यस्ता लक्षण देखिएमा पनि तुरुन्त स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ । चिकित्सकको सल्लाहमा थाइराइड जाँच गराउनुपर्छ ।

कब्जियत

थाइराइडको समस्याका कारण कब्जियतको गम्भीर समस्या हुन्छ । यस्तो अवस्थामा पेट राम्रोसँग सफा हुँदैन । यदि बारम्बार कब्जियतको समस्या भएमा कम्तीमा एक पटक डाक्टरको सल्लाह लिनुपर्छ ।

चिसोप्रति अधिक संवेदनशीलता

हाइपोथाइराइडिज्मका बिरामीलाई धेरै चिसो महसुस हुन्छ । एकै समयमा कतिपय बिरामीमा आवश्यकता भन्दा बढी गर्मी महसुस हुनसक्छ । कसैलाई असाध्यै जाडो हुने र कसैलाई असाध्यै गर्मी हुने समस्या छ भने थाइराइड जाँच गराउनु राम्रो हुन्छ ।

मुड परिवर्तन र कमजोर स्मरण क्षमता

कहिलेकाहीं हाइपोथाइराइडिज्मको लक्षण कमजोर मुड परिवर्तन र स्मरण शक्तिको समस्या पनि हुनसक्छ । थाइराइडबाट पीडित व्यक्तिमा चिन्ता, डिप्रेसन, कुनै काममा रुचि नहुनु, स्मरण शक्ति कमजोर हुनु र एकाग्रता नहुनु जस्ता लक्षण देखिन्छन् ।

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न पर्याप्त मात्रामा थाइराइड हार्मोन चाहिने भएकाले यस्तो हुन्छ । धेरै अनुसन्धानले थाइराइड हार्मोनको कम उत्पादनले मस्तिष्कको कार्यलाई असर पार्न सक्छ भन्ने कुरा पत्ता लगाएको छ ।

तौल बढ्ने र अनुहार सुन्निने

थाइराइडको समस्याबाट पीडित बिरामीको तौल छिट्टै बढ्छ । हाइपोथाइराइडिज्मका बिरामीमा तौल बढ्नेसँगै अनुहार सुन्निने, फुस्रो हुने समस्या पनि सुरु हुन्छ । यस्ता लक्षण देखिएमा पनि तुरुन्तै विशेषज्ञको सहयोग लिनुपर्छ ।

अनियमित महिनावारी

थाइराइडको समस्यामा महिनावारी अनियमितता, नियमित रुपमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक वा थोरै रक्तस्राव हुने जस्ता समस्या पनि देखा पर्छन् ।

कपाल झर्ने

कपाल झर्नु थाइराइडसम्बन्धी समस्यामा देखिने पहिलो लक्षणमध्ये एक हो ।  हाइपो र हाइपर थाइराइडिज्म दुवै छ भने कपाल झर्न थाल्छ । धेरैजसो अवस्थामा जब थाइराइड निको भएपछि कपाल फेरि बढ्न थाल्छ ।  यदि कपाल बिना कारण झर्दैछ भने थाइराइड जाँच गराउनुपर्छ ।

एजेन्सीको सहयोगमा

थकान थाइराइड मोटोपन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा