+
+

बजेट निर्माणको परिपाटी नै परिमार्जन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १७:४६

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीगत खर्चमा ठूलो समस्या रहेकाले त्यसमा ओभरहाउलिङ गर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पूँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले यस्तो परिपाटी नै बदल्ने बताएका हुन् ।

जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्न खोजेको उनले बताए ।

‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावकाआधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?