+
+

ललितपुरमा उधौली उत्सव (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० पुष १० गते २१:१५

१० पुस, ललितपुर । मार्ग शुक्ल पूर्णिमाको दिन किरात समुदायले उधौली पर्वका रूपमा मनाएका छन् । पितृको मान र प्रकृतिको सम्मानका रूपमा नखीपोटमा किराँत समुदायले उद्यौली पर्व मनाएका हुन् ।

प्रकृतिपूजक किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।

ललितपुरको सातदोबाटो नजिक सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किरातहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा पनि मंगलबार किरात चाड विशेष रूपमा मनाएका छन् ।

पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाँच नाचेर मनोरञ्जन गरेका छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?