+
+

एनसेल बिक्रीबारे छलफल गर्न सूचना प्रविधि समितिले बोलायो बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते २१:०१

११ पुस, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एनसेल शेयर खरिद बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ ।

बैठक बिहीबार बिहान साढे १० बजे बोलाइएको छ । एनसेल शेयर खरिद बिक्रीका विषयमा छलफल चलाउने यो चौथो समिति हो । यसअगाडि नै प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिले यो विषयमा छलफल गरिसकेका छन् ।

सूचना प्रविधि मन्त्रालय आफ्नो समितिको कार्यक्षेत्रभित्र रहेकोले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले बताएको छ । ‘संचार मन्त्रालय हाम्रो समितिको कार्यक्षेत्रभित्र रहेको छ । त्यसकारण छलफल गर्न लागिएको हो’, समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) भनिन् ।

उनका अनुसार छलफलमा सञ्चारमन्त्री रेखा शर्मा, नेपाल दुरसञ्चार प्राधिकरण, कम्पनी रजिष्टारको कार्यालयका अधिकारीहरुलाई छलफलमा बोलाइएको छ ।

यी निकायका अधिकारीहरुलाई नै राखेर तीन वटा समितिले छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?