+
+

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मन्त्रीको कार्यसम्पादन समीक्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते ८:३०

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ ।

आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् ।

आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ ।

यसका साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?