+
+

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते ९:३२

१२ पुस, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।

उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।

हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताए । रिजालले आफूले यो मामलालाई बाहिर ल्याउन भूमिका खेल्नेमध्येका समेत हुन् ।

तर, ४ जेठमा उनी आफैं पक्राउ परेका थिए । पहिले सरकारी साक्षीका रुपमा बोलाएर छाडिएको थियो । तर, दोस्रो पटक फेरि कागजातमा हस्ताक्षर गर्न भन्दै बोलाएर आफूलाई पक्राउ गरिएको उनी बताउँछन् । अदालतमा मुद्दा अझै विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रुपमा बताउने रिजाल सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?