+
+

साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १०:३५

१२ पुस, विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका  हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा साह  हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’

साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् ।  को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?