+
+

बनेपाका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

काभ्रेको बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १४:३५

१२ पुस, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।

नगरपालिकाका अनुसार ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने बताएको छ ।

१४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै विहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले एक सूचना जारी गरेका हुन् ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य सेवा केन्द्र मार्फत सेवाग्राहीलाई शिविर मार्फत छनोट गरेर निःशुल्क दाँत हालिदिनेछ ।

‘स्वास्थ्यकर्मीको टोलीले वडाको स्वास्थ्य सेवा केन्द्रबाट सेवाग्राहीलाई कस्तो दाँत चाहिन्छ, राख्न मिल्छ कि मिल्दैन, कतिवटा दाँत चाहिन्छ भनेर संकलन गरेर ल्याउँछन् । नगरपालिकाले सोही अनुसार टेण्डर गरी दाँत राख्न अस्पताल वा स्वास्थ्य संस्था मार्फत दाँत राखिदिन्छ,’ महतोले भने ।

बनेपाका स्थायी बासिन्दालाई प्रवाह हुने यो सेवाको लागि १८ पुसमा एक नम्बर वडाबाट शिविर सुरु भएर ७ मागमा १४ नम्बर वडामा पुगेर सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?