+
+

सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन रास्वपाले गठन गर्‍यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:१७

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् ।

वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले बिहीबार सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी दिए ।

‘सहकारी र लघुवित्त पिडीतहरुको विषय तिव्र रुपमा उठ्न थालेपछि सभापतिको निर्देशनमा रास्वपाका उप सभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा कार्यदल बनेको छ,’ सहप्रवक्ता प्रसाईले भने,‘जसले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि यो कार्यदल बनेको छ ।’

सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरि कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गरेका थिए । ‘जलेश्वर बैठकमा नै निर्णय भएको हो,’ कार्यदलका संयोजक समेत रहेका वाग्लेले भने,‘अर्थनीति विभागले त्यसमा काम गरिरहेको छ । अर्थ नीति विभाग सहित आमन्त्रित सदस्यका रुपमा केही व्यक्तिलाई कार्यदलमा राखिएको उपसभापति वाग्लेले जानकारी दिए ।

विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । उपसभाति वाग्लेका अनुसार कार्यदलले संसद बैठक सुरु हुन अघि नै कार्यदलले प्रतिवेदन तयार गर्नेछ । अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?