+
+

प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपर्‍या छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १३:४५

३० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे ।

‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्‍या छ’, उपसभापति वाग्लेले भने ।

बुधबार प्रतिनिधिसभा बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा स्वर्णिमले गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त’ उनले भने ।

कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे । ‘कांग्रेसले गरेको (प्रधानमन्त्रीको प्रस्ताव) छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा भएन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?