+
+

उपसभामुख राना र अष्ट्रेलियन राजदूतबीच भेटर्वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १९:४२

१३ पुस, काठमाडौं । उपसभामुख इन्दिरा रानासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेट भएको छ ।

सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र संसदीय अभ्यास, अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा उपसभामुख रानाले नेपालको संसदमा रहेका महिला, दलित, जनजाति तथा पछि परेका समुदायका सांसदहरूको क्षमता अभिवृद्धि लगायतका विषयमा सहयोग गर्न आग्रह गरेकी छन् ।

राजदूत भोल्कले अष्ट्रेलिया सरकारले विभिन्न क्षेत्रमा सहायता गर्दै आइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन, महिला, बालबालिका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?