+
+

सात वर्षपछि स्टेजमा फर्किए धुर्मुस-सुन्तली, भन्छन्- अब निरन्तरता दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १८:५१
शनिबार पोखराको लेखनाथ महोत्सवमा प्रस्तुति दिँदै धुर्मुस–सुन्तली

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि कलाकारितामा फर्किएका छन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए ।

दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भए । धुर्मुसले क्यारिकेचरमार्फत हँसाउन जमर्को गर्दा सुन्तलीले पछिल्लो समयको हिट गीत ‘अरेली काँडाले च्वास्सै’मा नृत्य प्रस्तुति दिइन् । उनीहरुलाई हेर्न सयौं दर्शक महोत्सवमा ओइरिएका थिए ।

लामो ग्यापपछि कलाकारितामा फर्किएको र अब निरन्तर स्टेजमा देखिने धुर्मुसले बताए ।

धुर्मुसले पछिल्लो पटक सातवर्षअघि अत्तरिया महोत्सवमा सहभागि थिए । त्यसपछि उनी बत्ती निर्माण, वीर अस्पतालमा रंगरोगन र रंगशाला बनाउने लगायतका काम सक्रिय रहे । २०६५ सालमा विवाह गरेपछि मंसिर १४ गते पहिलोपटक लेखनाथ महोत्सवमा प्रस्तुति दिएको स्मरण उनीहरुले गरे ।

संयोगवश, सातवर्षपछि उनीहरु लेखनाथ महोत्सवबाटै फर्किएका छन् । केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले आफूहरु फिल्ममा फर्कने सोचबारे कुरा गरेका थिए । उनीहरुले पछिल्लोपटक कमेडी फिल्म ‘सेन्टीभाइरस’ निर्माण र अभिनय गरे ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?