+
+

प्रविधि र ब्राण्ड, जो सन् २०२३ मा बिदा भए

एजेन्सी एजेन्सी
२०८० पुष १५ गते ११:०६

निकै तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा हरेक वर्ष नयाँको प्रवेश र पुरानाको बहिर्गमन हुन्छ । तर, यो वर्ष सन् २०२३ भने केही फरक घटनाक्रम पनि रह्यो ।

कतिपय प्रविधि तगा पुराना प्रडक्टहरू बजारमा कमब्याक गर्ने कोसिस गरे, तर दोस्रोपटक पनि असफल भए ।

२०२३ समाप्त हुँदै गर्दा यो वर्ष प्रविधिको क्षेत्रमा सफलताका धेरै इतिहासहरु लेखिएका छन् र सफल प्रडक्ट तथा प्रविधिहरुको सूची लामो छ । तर, केही प्रविधिहरु यही वर्ष समाप्त भएर गएर छन् अनि हामीले ती प्रविधिलाई बिदाइ गर्न बाध्य भएका छौं ।

प्रविधि जगतको कुनै पनि प्रडक्टको अन्त्य हुनुका विभिन्न कारण हुन्छन् । कतिपय प्रविधिहरु पुरानो तथा आउटडेटेड भएर पनि निस्तेज हुन्छन् भने सुरक्षाको दृष्टिकोणले वा फ्लप भएर पनि समाप्तीको चरणमा पुग्दछन् । अनि कहिलेकाही आत्मकेन्द्रित अर्बपतिहरुले ती प्रविधिलाई यत्तिकै सकिदिन्छन् पनि ।

यो वर्ष पनि हामीले इतिहास दोहोरिएको देख्यौं र गुगलले आफ्नो गुगल ग्लास एआर हेडसेटलाई विदाई गरेको छ । साथै माइक्रोसफ्टले आफ्नो भर्चुअल रियालिटी प्लाटर्फम माइक्रोसफ्ट शटर अल्टस्पेस भिआर बन्द गरेको छ ।

कतिपय विश्वचर्चित कम्पनीका विभिन्न स्वास्थ्य तथा तन्दुरुस्ती सम्बन्धी प्रडक्टहरु पनि यो वर्ष समाप्त भएका छन् । त्यस्तै नेटफि्लक्सले यही वर्ष आफ्नो अन्तिम डिभिडी बिक्री गरेको छ र यो सँगै नेटफि्लक्सले रातो खाममा हालेर ग्राहकको डिभिडी पुर्‍याउनने  युगको अन्त्य भएको छ ।

करिब १० वर्षसम्म नेटफि्लक्सले आइकनिक रातो खाममा हालेर डिजिटल डेलिभरी गरेको थियो ।

सन् २०२३ केही चर्चित ब्राण्डनामको पनि अन्त्यको वर्ष भएको छ । यो वर्ष ट्वीटर नामको मृत्यु भयो र कम्पनीका नयाँ मालिक एलन मस्कले ट्वीटरको नाम फेरेर एक्स राखेका छन्।

सिएनइटी डटकमबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?