+
+

कांग्रेसका फरमुल्लाह र आनन्द ढुङ्गाना मधेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १२:१४

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।

मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ ।

प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेशका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताले जानकारी गराए ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजक समेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकताक्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका मन्सुर सांसद बन्न भने सकेनन् ।

मधेस प्रदेशले प्राथमिकताक्रम सहित पठाएका अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन् । ८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको प्रचार प्रमुख गुप्ताले जानकारी दिए ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता २३ पुसलाई तोकिएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद पनि खाली हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?