+
+

यी हुन् बाराक ओबामालाई यस वर्ष मन परेका फिल्म र संगीत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १२:५०

काठमाडौं । तपाईं पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछ्याउनुहुन्छ भने यो रुचिको खबर हुनसक्छ । ओबामा वर्षको अन्तिम साता आफूलाई मनपर्ने फिल्म, संगीत र पुस्तकको सूची सार्वजनिक गर्छन् ।

रोचक कुरा यो छ कि ओबामालाई मनपर्ने १३ फिल्मको सूचीमा यसपटक संसारभर रुचाइएको ‘बार्बी’ समावेश छैन । ओबामालाई उत्कृष्ट लागेका पाँच फिल्म ओटीटीमा उपलब्ध छन् ।

जसमा रस्टिन, लिभ द वर्ल्ड बिहाइन्ड, अमेरिकन सिम्फोनी, द होल्डओभर्स, ब्ल्याकबेरी, ओपेनहाइमर, अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, मोन्स्टर, पास्ट लाइभ्स, एयर, पोलाइट सोसाइटी, अ थाउजण्ड एण्ड वान छन् । ओबामाको आफ्नै फिल्म कम्पनी हाइअर ग्राउण्ड पनि छ जसले फिल्म पनि निर्माण गर्छ ।

साथै, ओबामाले आफूलाई मनपर्ने २८ गीतको सूची पनि तयार पारेका छन् । ओबामाको यो सूचीमा पछिल्लो वर्ष सांगीतिक दबदबा जमाएका टेलर स्वीफ्ट, ब्याण्ड बनीजस्ता संगीतकर्मीको गीत भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?